नेपालगन्ज- कञ्चनपुरकी एक युवती सुन्दा पनि कहालिलाग्दो घटनाको सिकार भएकी छन् । राम्रो जागिर लगाइदिने प्रलोभनमा साउदी अरब पुर्याएकी ती युवती दुई वर्षसम्म घरमालिक र उनका पाहुनाको यौन शोषणको सिकार भएकी हुन् ।आफूलाई ललाइफकाई अवैध तरिकाले विदेश लग्ने बाँकेका तीन जनाविरुद्ध पीडितका तर्फबाट उनकी बहिनीले मंगलबार जिल्ला अदालतमा ‘मानव बेचबिखन तथा ओसारपसार’ मुद्दा दर्ता गरेकी छन् । प्रहरीले आरोपितमध्येका एक रझेना ७ का देवी सुनारलाई पक्राउ गरेको छ । बेतनी २ का अमिर उल्ला खाँ र अलि उल्ला खाँ फरार छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भूपालकुमार भण्डारीले सुनारलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको बताए । ***








