Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026
maya kumari sharmaकाठमाडौं- विवादमा पर्दै आएकी कतारस्थित नेपाली राजदूत मायाकुमारी शर्मालाई फिर्ता पठाउन दबाब परेको छ ।
कतारस्थित एमाओवादी जिल्ला संगठनले कूटनीतिक अज्ञानता र कार्यक्षमताको विषयलाई लिएर चौतर्फी रूपमा आलोचना खेपिरहेकी कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई फिर्ता गर्न केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ ।
राजदूतको क्रियाकलाप र व्यवहार श्रमिकमैत्री नभएको, कामदारको दलाली गरे ठगी गर्नेहरूसँग नजिकको सम्बन्ध राखेको र ठूला दलहरूसँग आस्था राखेर विचारविर्मश गर्नेहरू असुरक्षित भएको गम्भीर आरोप संगठनले लगाएको छ ।
यसैगरी राजदूत शर्माले ‘कतार खुल्ला जेल नै हो’ भनेर दिएको अन्तर्वार्ताप्रति यहाँका नेपाली समुदायका प्रतिनिधिहरूले विरोध जनाएका छन् ।

तपाईको प्रतिक्रिया