Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

युएई-आफ्नो कार्यकाल समाप्त गरी नेपाल फर्कन लग्नु भएका यूएईका लागि नेपाली दूतावासका प्रथम सचिब लोकबहादुर क्षेत्रीलाई आगामी अप्रिल ५ तारिक युएईमा अवस्थित विभिन्न संघ सस्थाले बिदाई तथा सम्मान गर्ने भएका छन् ।
नेपाली समाज युएईको पहलमा युएईमा रहेका विभिन्न संघसस्थाहरुले सयुक्तरुपमा क्षेत्रीलाइ बिदाई गर्न लागिएको हो ।
अबुधाबीको केरला सोसाइटीमा अपरान्ह २.३० मा आयोजना गरिने बिदाईको लागि सहभागी हुन युएईमा सम्पूर्ण संस्थालाई पत्राचार गरिएको बताउदै समाजका अध्यक्ष गुरुङले पत्र नपाइए पनि यसै समाचारलाई जानकारी मानेर उपस्थित हुन अनुरोध गर्नुभएको छ ।

नेपाली दूतावास अबुधाबीका सबै भन्दा पुराना कर्मचारी क्षेत्री बिगत ४ बर्ष देखि दूतावासमा प्रथम सचिब पदमा कार्यरत हुनुहुन्थ्यो । नेपाल सरकारको पररास्ट्रमन्त्रालयमा उपसचिव पदमा बढुवा भई नेपाल फर्कन लाग्नु भएका क्षेत्री सात बर्ष देखि पररास्ट्रमन्त्रालय सेवामा कार्यरत हुनुहुन्छ । पररास्ट्रमन्त्रालयमा सरकारी जागीरमा प्रवेश गर्नु भन्दा अगाडि क्षेत्री त्रिभुबन बिश्वबिधालयमा क्षिक्षण पेशामा आवद्ध हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया