टोकियो-गैर आवासीय नेपाली संघ जापानका पूर्व महासचिव तथा वर्तमान एन आर एन आई सी सी प्रवक्ता डा. हेमराज शर्मासँग समग्र अन्तराष्ट्रिय एन आर एन अभियानको वाषिर्क समिक्षा र आगामी कार्ययोजना बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उहाँको सम्मानमा रात्रीभोजको पनि आयोजना गरिएको थियो ।
गैर आवासीय नेपाली संघ जापानका पूर्व अध्यक्ष तथा वर्तमान आई सी सी का कोषाध्यक्ष भवन भट्टको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा एन आर एन अभियानको वाषिर्क समिक्षा गर्दै क्रमश सुधार हुनुपर्ने पक्षमा अन्तरक्रिया भएको थियो ।
प्रमुख अतिथिको रुपमा वोल्दै भट्टले संस्थाको सुरक्षित र दीगो भविष्यको लागि यसका श्रोतहरुको व्यवस्थित हुनुपर्ने र त्यही कुरामा आफू बढी केन्द्रित भएको वताउँदै नेपालमा एन आर एनको आफ्नो भवन निर्माणबारे हुँदै गरेका प्रगति र चुनौतीको वारेमा प्रकाश पार्नुभएको थियो ।
त्यसैगरी अतिथि गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय समिति, प्रशान्त क्षेत्रीय उपसंयोक किरण विक्रम थापाले काठमाण्डौ हेटौडा फास्ट ट्रयाकको वारे हुँदै गरेको प्रगतिबारे धारणा राख्नुभएको थियो ।
मन्तव्यको क्रममा एन आर एन आईसीसी सदस्य रोशन केसीले वर्तमान संरचनामा आईसीसी सदस्यहरुको भूमिका प्रष्ट नभएको वारे आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा एनडीएफ जापानका सल्लाहकार सूर्य पाठकले संस्थाको सान्दर्भिकता रहेको तर यसका लक्ष्यहरु परिभाषित हुनुपर्ने तर्फजोड दिनुभयो । अन्तरक्रिया कार्यक्रममा बोल्दै एन आर एन जापानका सल्लाहकार तथा लगानी प्रवन्धन टास्क फोर्सका सह-अध्यक्ष महेश कुमार श्रेष्ठले संयुक्त लगानीमा प्राथमिकतामा परेको जलविद्युत आयोजनाको लगानीको सान्दर्भिकता बारे बोल्दै प्रवासी नेपालीको संख्या विस्तार र यसका प्रकारमा भएको धु्रबिकरण सँगै यसका स्वार्थ जुध्ने अवस्था आएकोले पुरानो ढाँचामा समयानुकुल परिवर्तन ल्याउनुपर्ने वताउनुभएको थियो ।
त्यसैगरी अन्तरक्रियाको क्रममा एन आर एन जापानका सल्लाहकार डा. राम गिरीले एन आर एन अभियानले भविष्यमा सुधार गर्नुपर्ने पक्षबारे बोल्नुभएको थियो ।
एन आर एन जापानका अध्यक्ष ओम गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव राजेन्द्र प्रसाद पराजुलीले गर्नुभएको थियो ।
कार्यक्रममा कार्यसमिति सदस्य देवीलाल भण्डारी, डी. पि. कँडेल, तथा एन आर एन शुभचिन्तक दीपक सुवेदी, दीपेन्द्र पाठकले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको अन्तमा गैर आवासीय नेपाली संघ जापानका पूर्व महासचिव तथा वर्तमान एन आर एन आई सी सी प्रवत्ता डा. हेमराज शर्माले अन्तरक्रियाका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।
एन आर एन जापानका उपाध्यष चिरन्जीवी थापाले स्वागत मन्तव्य गर्नुभएको थियो भने अन्तमा सहभागी आगन्तुक अतिथिहरुलाई एन आर एन जापानका प्रवक्त शरद गौचनले गर्नुभएको थियो ।***
तपाईको प्रतिक्रिया








