Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
काठमाडौं- पेरुमा माओवादी जनयुद्ध सञ्चालन गरेको पार्टी ‘साइनिङ पाथ’का अध्यक्ष गोन्जालोले जेलबाटै एकीकृत नेकपा माओवादीलाई पत्र लेखी शान्ति र संविधानको बाटो नछाड्न अनुरोध गरेपछि प्रभाव परेको छ ।
गोन्जालोको पत्रपछि जनविद्रोह गर्ने निष्कर्षमा पुगेका माओवादी बरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ पनि हच्किएका छन् । करिव ७० हजारको ज्यान गएको गुरिल्ला युद्ध सञ्चालन गरेका गोन्जालो २० वर्षदेखि जन्म कैदमा छन् । उनले पठाएको पत्रमा ‘आफूलाई अहिलेसम्मको भोगाइबाट जनयुद्ध हैन, शान्तिपूर्ण बाटोबाट जनवाद आउँछ भन्ने लागेको’ उल्लेख गरेका छन् ।
गोन्जालोको पत्र जारी केन्द्रीय कमिटी बैठकमा अनुवाद गरेर सुनाएपछि माओवादी नेताहरु गम्भीर भएको एक केन्द्रीय सदस्यले बताए । ‘युद्धको अर्थशास्न समेत जनताले धान्नै नसक्ने भएकाले अब सशस्त्र संघर्ष पूर्णतया असान्दर्भिक छ,’ स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले भने- ‘गोन्जालोको पत्रले वैद्यजीको समूहलाई प्रभाव पारेको छ, यसपछि उहाँहरु निकै भावुक हुनुहुन्छ ।’
पत्रपछि धेरै सदस्यहरुले गोन्जालोलाई उद्यृत गर्दै अध्यक्ष प्रचण्ड र उपाध्यक्ष किरण मिलेर एउटै प्रतिवेदन बनाउनुपर्नेमा जोड दिए । जसलाई जनविद्रोहको रटान दिने वैद्यले पनि स्वीकार गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया