Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

काठमाडौ – शान्तिप्रक्रिया र संविधान लेखनमा बढ्दै गएको अवरुद्ध प्रक्रियामाथि सत्तापक्ष प्रतिपक्षी एकअर्कोप्रति खनिएका छन् ।

व्यवस्थापिका संसद्को आजको बैठकमा सुरुमै बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सातवुँदे सहमति अनुसार शान्तिप्रक्रियाका काम अगाडि नबढ्नुमा माओवादी दोषी रहेको आरोप लगाए । उनले माओवादीका शीर्ष नेता तथा लडाकु कमाण्डरको अभिव्यक्तिका कारण शान्ति प्रक्रिया अवरुद्ध भएको आरोप लगाए ।

त्यस्तै उनले प्रधानमन्त्री र माओवादी नेताहरुको अभिव्यक्तिले माओवादीले बन्दुक र बुलेटले शासन सञ्चालन गर्न खोजेको भन्दै आपत्ति समेत जनाए ।

बैठकको विशेष समयमा एकीकृत नेकपा माओवादीका सभासद् जनार्दन शर्माले शान्तिप्रक्रिया र संविधान लेखनका काम अगाडी बढ्न नसक्नुमा अन्य दलहरुले माओवादीलाई आरोप लगाएर मोर्चाबन्दी गरिरहेको भन्दै मोर्चाबन्दीको प्रतिबाद गर्न माओवादी सक्षम रहेको बताए ।

शर्माले माओवादी पूर्वसहमति अनुसार शान्तिप्रक्रिया र संविधान लेखनका काम अगाडि बढाउन तयार रहेको पनि बताए । उनले माओवादी बन्दुकको छायाँमा नभई प्रतिस्पर्धाको राजनीतिमा रहेको जिकीर गर्दै प्रतिस्पर्धामा खुट्टा नकमाउन विपक्षी दललाई सुझाव दिए ।

शान्ति र संविधानबाट माओवादी विचलित नभएको भन्दै शर्माले बरु काँग्रेस परिवर्तनबाट संघीय लोकतान्त्रिक संविधान ल्याउन डराएको आरोप लगाए ।

लडाकुको दर्जा र हैसियतको टुङ्गो नलागेसम्म समायोजनमा जान नसकिने शर्माको भनाई थियो । यथास्थितिको संविधान बन्न नसक्ने स्पष्ट पार्दै शर्माले काँग्रेस ४७ सालको संविधान व्युताउने खेलमा लागेको आरोप पनि लगाए । नेपाली काँग्रेसका कृष्णप्रसाद यादवले सुरक्षा निकायमा समावेशीका कुरा उठाउँदा अन्य दलले विराध गर्नु मधेशीको धारणा विपरीत रहेको टिप्पणी गरे ।

नेकपा एमालेका रघुवीर महसेठले महासेठले सातबुँदे र विशेष समितिमा भएका सहमतिहरु कार्यान्वयन गर्न माओवादी जिम्मेवार नभएको आरोप लगाए । उनले सातबुँदे सहमति अनुसार कामचलाउमा परिणत भएका प्रधानमन्त्रीले राजीनामाको कुरा सपनामा पनि नसोचेको भन्ने भनाई निरंकुशताको प्रतीक भएको बताए ।

विशेष समयमा मधेसी मोर्चा आवद्ध दलका सभासद्हरुले सरकारले मोर्चासँग गरेको चार बुँदे सहमतिको पालना नगरेको भन्दै आपत्ति जनाएका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया