Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
काठमाडौं– एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य ‘किरण’ले आगामी केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई हटाउने प्रस्ताव लैजाने बताएका छन् ।
राजधानीमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष बैद्यले प्रधानमन्त्री भट्टराईको नेतृत्वमा कांग्रेस र एमाले सहभागी भएर सहमतिको सरकार बन्ने सम्भावना नरहेकोले प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने तयारी गरेको बताएका हुन । उनले भने– ‘प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ ।’
उनले आगामी सहमतिको सरकारको नेतृत्व महासचिव रामबहादुर थापा मगरले गर्ने दाबी गर्दै यो विषयमा अध्यक्ष प्रचण्डसँग सहमति भइसकेको र आगामी पदाधिकारी, स्थायी समिति र केन्द्रीय कमिटीको बैठकमा सो प्रस्तावमाथि छलफल हुने बताए । उनले बादलकै नेतृत्वमा शान्ति र संविधान निर्माणको कार्य अगाडि बढ्ने विश्वास पनि ब्यक्त गरे ।
उपाध्यक्ष बैद्यले भट्टराई नेतृत्वको सरकारले गरेको राष्ट्रघाती विप्पा सम्झौता आगामी केन्द्रीय कमिटीको बैठकले अस्विकार गर्ने दाबी गर्दै मधेसी मोर्चासँग भएको चार बुँदे सम्झौता सच्याउनु पर्ने वा खारेज गरेर अगाडि बढ्नु पर्ने धारणा राखे ।
बाहिर आए जस्तो आफूलाई पदको लोभ नभएको स्पष्ट पार्दै उनले आफू कार्यबाहक अध्यक्ष नबन्ने बताए । उनले दुईलाईन संघर्ष रहेको कम्यूनिष्ट पार्टी संसारमा धेरै फुटेको र जुटेको इतिहास प्रस्तुत गर्दै आफू पार्टी फुटको पक्षमा नभए पनि पार्टी फुट्दैन भनेर आफूले भविष्यबाणी गर्न भने नसक्ने धारणा  राखे ।
उनले अध्यक्ष प्रचण्ड र आफूवीच धेरै विषयमा नीतिगत असहमतिहरु रहेको उल्लेख गर्दै किसानको भूमि सम्बन्धी समस्या समाधान नगरी वा विकल्प विना कब्जा जग्गा फिर्ता हुन नदिने चेतावनी पनि दिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया