Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
काठमाडौं- सम्पत्तिमा हदबन्दी माग गर्दै आएको माओवादी पछि हटेपछि नयाँ संविधानमा सम्पत्तिको हदबन्दी नतोकिने भएको छ ।
व्यक्तिगत सम्पत्तिको सिमा नतोक्ने विद्यमान व्यवस्थालाई नै नयाँ संविधानमा निरन्तरता दिनेमा दलहरु सहमत भएका छन् ।
बिहीबार सिंहदरवारमा बसेको विवाद समाधान उपसमितिको बैठकले व्यक्तिगत सम्पत्तिमा हदबन्दी नलाग्ने सहमति गरेको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिए ।
सरकारले जग्गामा हदबन्दी लगाउन सक्ने तर त्यसका लागि मुआब्जा दिनुपर्ने दलहरुबीच सहमति भएको समिति सदस्य जनशक्ति पार्टीका नेता प्रकाशचन्द्र लोहनीले बताए । माओवादीले व्यक्तिको सम्पत्ति र भूमिमाथि हदबन्दीको माग गर्दै आएको थियो ।
संविधानका चारवटा विवादित विषयमा सहमति
संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिले चारवटा विवादित बिषयमा सहमति जुटाएको छ । उपसमितिको कार्यालय सिंहदरबारमा बिहीबार बिहान बसेको बैठकले भुमिसुधार सम्बन्धी दुईवटा र गम्भीर अपराध सम्बन्धी दुईवटा गरी चारवटा बिषयमा सहमति जुटाएको हो ।
सहमतिपछि अब नयाँ सविधानका विवादित विषय १६ वटामा झरेको छ । सम्पत्ति र जग्गाको हदबन्दी तोक्ने र राज्यले खोस्ने तथा हदबन्दी भन्दा धेरै सम्पत्तिको मुआब्जा दिने सहमति भएको छ । यसअघि माओवादी, एमाले लगायतका दलहरु मुआब्जा दिन नहुने पक्षमा थिए भने कांग्रेस दिनुपर्ने अडानमा थियो । तर दलहरुले यो विषयलाई संविधानमा भने नलेख्ने सहमति गरेका छन् ।
‘पछि कानुन बनाएर यसलाई व्यवस्थित गर्ने सहमति भयो’, बैठकमा सहभागी एमाले नेता सुरेन्द्र पाण्डेले भन्नुभयो । यस्तै दलहरुले मानवता बिरुद्धको अपराध, जातीय अपराध र आम नरसंहारमा संलग्नलाई कस्तो कारबाही गर्ने भन्ने बिषयमा रहेको बिबाद पनि टुङ्ग्याएका छन । यो विषयलाई पनि संविधानमा नराख्ने र पछि कानुन बनाएर व्यवस्थित गर्ने सहमति भएको पाण्डेले बताउनुभयो ।
बिहीबारको सहमतिसँगै दलहरुबीच शासकीय स्वरुप लगायतका विवादित विषयको संख्या १६ वटामा झरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया