Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
विराटनगर- सरकारले उद्योगका लागि डिजलमा गरेको मुल्य बृद्धि खारेज गर्न माग गर्दै सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगी ब्यवसायीले बिहीबारदेखि आन्दोलन शुरु गरेका छन् ।
मोरङ ब्यापार संघ र उद्योग संगठन मोरङले बुधवार विराटनगरमा बिरोध र्‍याली प्रदर्शन गर्दै आन्दोलन सुरु गरेका हुन् । विराटनगर १३ संसारीमाइस्थानबाट सुरु भएको र्‍यालीले नगरको विभिन्न स्थानको परिक्रमा गर्दै जिल्ला प्रसासन कार्यालय पुगेको थियो ।
त्यहाँ पुगेका उद्योगी ब्यवसायीले मोरङका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमलाई ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले बुझाएको ज्ञापनपत्रमा डिजेलको मुल्य बढाउने सरकारको निर्णय फिर्ता गर्नुपर्ने र सबैका लागी समान मुल्य कायम गर्नुपर्ने माग गरीएको छ ।
ज्ञापनपत्र बुझाइसकेपछि डिजेलको दोहोरो मुल्य विरुद्धको संघर्ष समितिका संयोजक तथा उद्योग संगठन मोरङका अध्यक्ष दिनेश गोल्छाले सांकेतिक रुपमा बिरोध र्‍याली प्रदर्शन गरीएको बताउंदै आउंदो आइतबार आयल निगम र सोमबार जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने जानकारी दिए । त्यस समयसम्मपनि उद्योगी ब्यवसायीहरुको उचित मागमा सरकारले चासो नदेखाए शसक्त आन्दोलन गर्ने उहांले चेतावनी दिएका छन् ।
सरकारले उद्योगको लागी डिजलको मुल्य ७६ रुपैयाबाट ९५ रुपैया पुर्‍याएपछि त्यसको विरोध गर्दै समान मुल्य बनाउनुपर्ने माग राख्दै सुनसरी मोरङ औधोगीक करिडोरका उद्योगी तथा ब्यवसायीहरुले संघर्ष समिति नै बनाएर आजदेखि आन्दोलन शुरु गरेका हुन् । त्यस्तै सरकारले उद्योगलाई प्रयोग गर्ने डिजेलको मुल्य बृद्धि संगै आयल निगमबाटै डिजेल खरिद गर्नु पर्ने बाध्यताकारी नियम बनाएपछि करिडोरका उद्योगहरुले निगमवाट डिजेल खरिद  बन्द गरेका छन् ।
उद्योगीहरुले सरकारले डिजेलमा गरेको मुल्य बृद्धि र निगमवाटै पेट्रोलीयम पदार्थ खरिद गर्नुपर्ने बाध्यताकारी नियम नहटाए उद्योग नै बन्द गरेर सरकारलाई चावी बुझाउने चेतावनी दिंएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया