Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
काठमाडौं- जापान पठाउन भन्दै म्यानपावर कम्पनीहरुले दुई वर्षदेखि पैसा उठाए पनि कामदार पठाएका छैनन् ।
अधिकांश म्यानपावर कम्पनीले माग ल्याएकै भरमा कामदारवाट रकम असुलिसकेको वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले जनाएको छ ।
प्रशिक्षार्थी कामदार पठाउन अनुमति पाएकामध्ये ७४ कम्पनीले १ हजार ३ सय ३१ कामदारको माग ल्याएका छन् । तर, माग ल्याएकामध्ये १३ कम्पनीले अहिलेसम्म १ सय ४८ जना कामदारमात्र पठाएको बोर्डले जनाएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कुमुद खनालले समेत केही म्यानपावर कम्पनीले रकम उठाएको स्वीकार गरे । उनले उठाएको पैसा होल्ड गरेकोबारे व्यवसायीसँग छलफल गर्ने जानकारी दिए ।
विभागका अनुसार म्यानपावर कम्पनीले माग ल्याएका १ हजार १ सय ८३ कामदार अझै जापान जान पाएका छैनन् । स्रोतका अनुसार कामदारको माग ल्याएका अधिकांश कम्पनीले कामदारवाट २ देखि ८ लाख रुपैयाँसम्म रकम असुलेका छन् ।
बैदेशिक रोजगार ऐनअनुसार कामदारवाट रकम उठाएको तीन महिनाभित्र नपठाए म्यानपावर कम्पनी खारेजसम्म हुन सक्छ । वैदेशिक रोजगार विभागका निर्देशक काशिराज दाहालले रकम उठाएको तीन महिनाभित्र कामदारलाई पठाउन नसके कारबाही गर्ने चेतावनी दिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया