काठमाडौं- कानुन तथा न्यायमन्त्री वृजेशकुमार गुप्ताले न्यायाधीश बन्न कानुन व्यवसायीले आफूकहाँ १० देखि २० लाख रुपैयाँ ल्याउने गरेको खुलासा गरेपछि न्याय क्षेत्रमा नयाँ तरंग पैदा भएको छ ।
दाङमा नेपाल बार एसोसिएसनको एक गोष्ठीमा यस्तो बोलेर नफर्कंदै न्यायीक क्षेत्रमा तरंग उत्पन्न भएको हो । काठमाडौंमा यस भनाइबारे खैलाबैला सुरु भएको छ ।
‘मन्त्रीजस्तो मान्छेले यस्तो बोलिसकेपनि कसले दियो भन्ने किन लुकाउनुभयो ?,’ बारका एक पदाधिकारीले आइतबार भने, ‘त्यस्तालाई कानुनको कठघरामा ल्याउनुपर्थ्यो किनभने कानुन कार्यान्वयन गर्ने स्थानमा उहाँ नै हुनुहुन्छ ।’
ती पदाधिकारीका अनुसार आफूलाई चर्चामा ल्याउन उनले यसो भनेका हुन् । उनको तर्क छ, ‘गुप्ताले खाउन् नखाउन् उसलाई छाड्ने हो भने अर्को मन्त्रीलाई पैसा खुवाएर त्यो व्यक्ति न्यायाधीश बन्छ ।’
मन्त्रीले भनेका थिए, ‘म कानुनमन्त्र हुन्जेलसम्म यस्तो नजराना (घुस) कसैले ल्याए त्यसको परिणाम नराम्रो हुनेछ ।’ अर्को बार सदस्य भन्छन्- ‘म मन्त्रीज्यूलाई सोध्न चाहन्छु परिणाम नराम्रो भएको खै त ?’
बरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती हुनेखानेले हुँदा खानेलाई नसघाएसम्म मानवअधिकार नारामा मात्र सीमित हुने बताउँछन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार मंसिर २५, २०६८
प्रकाशित समय: ८:०६:००