Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ । जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई डिएलएस मेथडमा १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

प्रतियोगिताको सेमिफाइनलमा पुगेका नेपालसहित हङकङ, मलेसिया र ओमान एसियन गेम्समा छनोट भएका थिए । सोमबार सिंगापुरमा भएको फाइनलमा हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो । ११.३ ओभरमा नेपाल ११४-२ को अवस्थामा थियो ।

त्यतिबेला नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी ४ बलमा ९ रन र रोहितकुमार पौडेल २४ बलमा ३५ रन बनाएर खेलिरहेका थिए । त्यसअघि ओपनर कुशल भुर्तेलले ४० बलमा ८ चौका र ३ छक्काको मद्दतमा ६५ रन जोडेका थिए। आसिफ शेख भने गोल्डेन डक भएका थिए । त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङले ७ विकेटको क्षतिमा १८८ रन जोडेको थियो ।

उसका लागि अंशुमन रथले ४५ बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८० रन तथा शाहिद वासिफले २८ बलमा ७ चौका र ३ छक्काको प्रहार गरेर ५५ रन बनाएका थिए । बलिङमा नेपालका शेर मल्लले ४ विकेट लिएका थिए भने करण केसीको नाममा २ विकेट रह्यो । ४ ओभरमा ४६ रन खर्चिएका सन्दीप लामिछानेले १ विकेट हात पारेका थिए ।

तपाईको प्रतिक्रिया