Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले लोकदोहोरी क्षेत्रमा बढ्दै गएको अश्लीलता र विकृतिविरुद्ध कडा कदम चाल्ने तयारी गरेको छ। पछिल्लो समय केही कलाकारका प्रस्तुति र भिडियो विवादमा परेपछि प्रतिष्ठानले कानुनी प्रक्रिया अघि बढाउने संकेत दिएको हो।

गायक प्रकाश अधिकारी र गायिका कोपिला छिनालको भाइरल लाइभ दोहोरी, गायिका ज्योति मगरको स्टेज प्रस्तुति तथा मोडल रिया खड्काको धार्मिक स्थलमा गरिएको नृत्यलाई लिएर चौतर्फी आलोचना भएपछि प्रतिष्ठान सक्रिय बनेको हो। प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले गीत–संगीतमा विकृति फैलाउने गतिविधि सहन नसकिने बताएकी छन्। उनका अनुसार संस्कृति मन्त्रालय र साइबर ब्युरोसँग समन्वय गरेर आवश्यक कारबाहीको तयारी भइरहेको छ।

प्रतिष्ठानले सम्बन्धित कलाकारलाई लिखित रूपमा क्षमा माग्न आग्रह गरेको छ भने यस्ता गतिविधिमा संलग्न व्यक्तिको सदस्यता निलम्बनसम्म गर्न सकिने चेतावनी दिएको छ। साथै, लोक संस्कृतिको संरक्षणका लागि राज्यका निकायसँग सहकार्य गरेर अघि बढ्ने योजना पनि सार्वजनिक गरेको छ।

तपाईको प्रतिक्रिया