Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले उनलाई सो ऐनको दफा ४७ (१) अनुसार कारबाही गर्न माग गरेको हो, जसअनुसार जरिवाना, कैद वा दुवै सजाय हुन सक्छ।

अभियोजन पक्षका अनुसार प्रसाईंले बारम्बार यस्ता गतिविधि दोहोर्‍याएको देखिएकाले थप सजायको मागसमेत गरिएको छ। साथै, अपराध पीडित संरक्षण ऐनअनुसार क्षतिपूर्ति उठाउन पनि आग्रह गरिएको छ।

प्रहरी अनुसन्धानमा उनले सामाजिक सञ्जालमार्फत निर्वाचनसम्बन्धी भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको देखिएको छ। उनले चुनावविरुद्ध उक्साउने, देशमा वैमनस्यता फैलाउने तथा आचारसंहिता उल्लंघन गर्ने खालका भनाइ राखेको आरोप छ। उनले सार्वजनिक गरेका भिडियोमा हिंसात्मक र उक्साहटपूर्ण अभिव्यक्ति प्रयोग गरेको प्रमाणसमेत पेश गरिएको छ।

तपाईको प्रतिक्रिया