काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ पुगेको छ।
यो अघिल्लो कारोबार दिनको तुलनामा १ हजार २०० रुपैयाँले बढी हो। शुक्रबार सुनको भाउ २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर ५ हजार २२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुनचाँदीको मूल्यमा उतारचढाव जारी रहेको छ।








