काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा हल्का वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २०० रुपैयाँले बढेर २ लाख ९७ हजार १०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि बढ्दै प्रतितोला १५ रुपैयाँले उकालो लागेर ४ हजार ९७५ रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन २ लाख ९६ हजार ९०० रुपैयाँ र चाँदी ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावस्वरूप स्थानीय बजारमा पनि मूल्यमा सामान्य परिवर्तन देखिएको हो। हाल विश्व बजारमा सुन प्रतिऔंस ५ हजार १५० अमेरिकी डलर र चाँदी ९० डलर आसपास कारोबार भइरहेको छ।








