समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको भाउ उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ हजार २०० रुपैयाँले बढेर दुई लाख ९९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन भने यही सुन दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी तोलामा २०५ रुपैयाँले बढ्दै पाँच हजार २५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको आक्रमण केही समयका लागि रोकेपछि विश्व बजारमा अनिश्चितता केही घटे पनि लगानीकर्ताहरू सुरक्षित क्षेत्रतर्फ मोडिएका छन्। यसका कारण सुनमा माग बढ्दै मूल्य उच्च विन्दुतर्फ पुगेको जनाइएको छ।








