Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकमका सेवामा व्यापक सुधार प्रक्रिया सुरु भएको छ। सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाको पहलमा अब डेटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने व्यवस्था हटाइएको छ।

नयाँ व्यवस्थाअनुसार प्रयोगकर्ताले डेटा ९० प्रतिशत प्रयोग भएपछि सूचना पाउनेछन्। साथै, ‘पे–एज–यू–गोज’ विकल्पमार्फत डेटा सकिएपछि इन्टरनेट चलाइराख्ने वा नयाँ प्याकेज लिने छनोट ग्राहकले आफैं गर्न सक्नेछन्। यो प्रणाली परीक्षणमा रहेको र चाँडै पूर्ण रूपमा लागू हुने जनाइएको छ। टेलिकमले सबै सेवा क्रमशः अनलाइनमार्फत उपलब्ध गराउने तयारी गरेको छ। ‘वान टाइम केवाईसी’ लागू भएपछि ग्राहकले एकपटक दिएको विवरण पुनः दिनु पर्ने छैन। साथै, इ–सिम, गुनासो व्यवस्थापन, सिम पुनःप्राप्ति र स्वामित्व हस्तान्तरण पनि अनलाइनबाटै हुनेछन्।

सेवा गुणस्तर सुधार, डिजिटल सेवा विस्तार र ‘एकल बिन्दु सेवा’ कक्ष स्थापना गर्ने योजना पनि अघि बढाइएको छ। यी सुधारले ग्राहकलाई सहजता दिनुका साथै अनावश्यक खर्च घटाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया