Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मन्त्रिपरिषद्का सदस्यहरूको वरीयता (मर्यादाक्रम) मा व्यापक परिवर्तन गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार मन्त्रीहरूको वरीयता हेरफेर गरेका हुन्। नयाँ व्यवस्था अनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेले दोस्रो स्थान कायम राखेका छन्। परराष्ट्रमन्त्री शिशिर खनाल भने एक स्थान उक्लिँदै तेस्रो वरीयतामा पुगेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको वरीयता पनि सुधार हुँदै चौथो स्थानमा पुगेको छ। विपरीत रूपमा गृहमन्त्री सुधन गुरुङ भने तेस्रोबाट पाँचौँ स्थानमा झरेका छन्। भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री सुनील लम्सालको वरीयता पनि घट्दै छैटौँमा पुगेको छ।

कानुनमन्त्री सोविता गौतम र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीको वरीयता उल्लेखनीय रूपमा बढेको छ। गौतम १२औँबाट सातौँ र बादी १५औँबाट आठौँ स्थानमा पुगेकी छन्। संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्थामन्त्री प्रतिभा रावल पनि ११औँबाट नवौँमा उक्लिएकी छन्। स्वास्थ्य तथा जनसंख्या तथा खानेपानीमन्त्री सीता मेहता भने एक स्थान तल झर्दै १०औँमा पुगेकी छन्।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल आठौँबाट ११औँमा झरेका छन्। त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज तिमिल्सिना र सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको वरीयता पनि घटेको छ। कृषिमन्त्री गीता चौधरी १४औँमा पुगेकी छन् भने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई अन्तिम अर्थात् १५औँ वरीयता दिइएको छ।

तपाईको प्रतिक्रिया