Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – इरानले अमेरिकाले प्रस्ताव गरेको ४८ घण्टे युद्धविराम स्वीकार नगरेको जनाएको छ। सरकारी समाचार एजेन्सीका अनुसार उक्त प्रस्ताव एक मित्र राष्ट्रमार्फत इरानसम्म पुर्‍याइएको थियो।

अमेरिकाले क्षेत्रीय तनाव कम गर्न कूटनीतिक प्रयास तीव्र बनाइरहेका बेला इरानले भने युद्ध रोक्ने संकेत नदिएको देखिएको छ। विशेषगरी कुवेतस्थित बुबियान टापुमा रहेको अमेरिकी सैन्य संरचनामाथि आक्रमणपछि यस्तो प्रस्ताव आएको बताइएको छ। इरानले औपचारिक रूपमा लिखित जवाफ नदिए पनि युद्ध गतिविधि निरन्तर जारी राखेर आफ्नो असहमति स्पष्ट पारेको हो। यो परिदृश्यबाट इरानले सैन्य रूपमा कडा अडान लिएको थाहा पाउन सकिन्छ।

यसअघि अमेरिका र इजरायलले इरानका विभिन्न सहरमा आक्रमण गरेपछि इरानले पनि मिसाइल र ड्रोन आक्रमण सुरु गरेको थियो। यी घटनाक्रमले तीन देशबीचको द्वन्द्व झन् गहिरिँदै गएको र पश्चिम एसियामा तनाव बढिरहेको छ।

तपाईको प्रतिक्रिया