Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – नेपाली राजदूतावास र नेपाल पत्रकार महासंघ जापान शाखाबीच शुक्रबार जापानका नेपाली समुदायका समस्याहरुसंग सम्बन्धित समसामयिक विषयहरुमा छलफल भएको छ ।

जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठको नेतृत्वमा नेपाली राजदूतावास गएको प्रतिनिधि मण्डलले दूतावासबाट प्रवाह हुने सेवा प्रवाह, भोग्नुपरेका समस्या तथा समाधानका लागि संभावित आगामी योजना बारे छलफल भएको महासंघ जापानले जनाएको छ ।

सो अवसरमा हाल दूतावासको नेतृत्व सम्हालिरहेका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले दूतावासबाट प्रदान गरिँदै आएको सेवा, भोग्नुपरेका चुनौती तथा आगामी कार्ययोजना बारे जानकारी गराएका थिए । आफू कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेपछि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन पहल गरिएको उनले बताए । उनका अनुसार दूतावासमा दैनिक ९ सय भन्दा बढी टेलिफोन आउने गरेका छन् । ती गुनासो तथा जिज्ञासालाई व्यवस्थित रूपमा सम्बोधन गर्न ‘आईभीआर प्रणाली’ सञ्चालनमा ल्याइएको जानकारी दिए । साथै, मासिक रूपमा फेसबुक लाइभ तथा हृवाट्स एप मार्फ सेवाग्राहीका गुनासा सुन्ने र समाधान गर्ने प्रयास भइरहेको उनले जानकारी दिए ।

यसैक्रममा उनले जापानमा रहेका नेपाली विद्यार्थीहरूमा आत्महत्या दर बढ्दो क्रममा रहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरे । चालु आर्थिक वर्षको श्रावणदेखि हालसम्म जापानमा ५३ जना नेपालीको मृत्यु भइसकेको बताउँदै उनले ती मध्ये करिब ८० प्रतिशत घटना आत्महत्यासँग सम्बन्धित रहेको जानकारी दिए ।

उनले श्रम स्वीकृतिको अभावमा मृत्यु भएका नेपालीको शव नेपाल पठाउन समेत कठिनाइ भईरहेको बताए । ‘श्रम स्वीकृति लिएका व्यक्तिको मृत्यु हुँदा राज्यको कोषबाट शव घरसम्म लैजाने व्यवस्था छ, तर विद्यार्थी र डिपेन्डेन्टका हकमा यस्तो सुविधा नहुँदा समस्या हुने गरेको छ’- उनले भने ।

महासंघका अध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष लक्ष्मी पौडेल, सदस्यहरू दिनेश थापा, विनोद ढकाल तथा पत्रकार जीवन सुवेदीले जापानमा रहेका नेपाली समुदायका विभिन्न समस्या दूतावास समक्ष राखेका थिए । उनीहरूले दूतावासको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सूचना साझेदारीमा सहकार्य गर्ने, सही सूचना समुदायसम्म पुर्‍याउने तथा दूतावास र नेपाली समुदाय बीच पुलको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।***

तपाईको प्रतिक्रिया