Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्याललाई समर्थन गर्ने निर्णय गरेको छ। कांग्रेसले यसपटक सभामुख पदमा आफ्ना तर्फबाट उम्मेदवारी नदिने भएको हो।

महामन्त्री प्रदीप पौडेलका अनुसार सभामुख पदलाई तटस्थ राख्नुपर्ने विश्वासका आधारमा पार्टीले उम्मेदवारी नदिने निर्णय गरेको हो। त्यस्तै प्रवक्ता देवराज चालिसेले पनि कांग्रेसबाट सभामुखमा कुनै उम्मेदवार नहुने स्पष्ट पारेका छन्। उनका अनुसार जनमतका आधारमा ठूलो दल भएकाले रास्वपाकै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिएको हो। सभामुख र उपसभामुख फरक–फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्था पनि रहेको छ।

यसैबीच, उपसभामुख पदमा भने नेपाली कांग्रेसले दाबी गर्ने जनाएको छ। महामन्त्री पौडेलले उपसभामुख प्रमुख प्रतिपक्षी दलको हकमा पर्ने भएकाले त्यसमा दाबी स्वाभाविक हुने बताएका छन्। यता, सभामुख पदमा नेकपा एमालेले पनि उम्मेदवारी दिने तयारी गरिरहेको छ। भने नेपाली कम्युनिष्ट पार्टीले सभामुखमा उम्मेदवारी नदिने तर उपसभामुख पदमा भने दाबी गर्ने बताएको छ।

तपाईको प्रतिक्रिया