समाचार सुन्नुहोस :
काठमाडौँ – प्रतिनिधिसभा सदस्य सुदन गुरुङ गृहमन्त्री बन्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसहित शीर्ष नेताबीच भएको छलफलपछि गुरूङलाई उक्त जिम्मेवारी दिने सहमति जुटेको हो।
गुरूङ ‘हामी नेपाल’का संस्थापक अध्यक्षसमेत हुन् र जेनजी आन्दोलनका सक्रिय अगुवामध्ये पर्छन्। उनी गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।








