Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले संसद् शपथअघि पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेका छन्। बिहीबार बिहान संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसँगै सांसदहरू खुश्बु ओली, भरत गिरी र सरस्वती लामा मन्दिर पुगेका हुन्।

दर्शनपछि सञ्चारकर्मीसँग बोल्दै शाहीले कुनै पनि गलत काम नगर्ने संकल्पसहित भगवान् पशुपतिनाथसँग प्रार्थना गर्न आएको बताए। आफूहरू सधैं सही मार्गमा रहने कामना गरेको उनले बताए। उनले आगामी दिनमा संसदमार्फत हिन्दु राष्ट्र पुनःस्थापना गर्ने आफ्नो राजनीतिक लक्ष्य पनि दोहोर्‍याए।

राप्रपाले लामो समयदेखि नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै आएको छ। संसद् प्रवेशअघि गरिएको यो धार्मिक भ्रमणलाई पार्टीले आफ्नो आस्था र राजनीतिक प्रतिबद्धतासँग जोडेर हेरेको जनाएको छ।

तपाईको प्रतिक्रिया