Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – जापानको फुकुओका उच्च अदालतले एक जापानी भाषा विद्यालयको इजाजत रद्द गर्ने सरकारको निर्णयलाई बदर गरिदिएको छ । सन् २०२१ मा एक भियतनामी विद्यार्थीलाई साङ्लोले बाँधेर दुर्व्यवहार गरेको घटनामा संलग्नता रहेको भन्दै अध्यागमन विभागले ‘निशिनिहोन इन्टरनेशनल एजुकेशन इन्स्टिच्युट’ को मान्यता खारेज गरेको थियो ।

यसअघि जिल्ला अदालतले सरकारी निर्णयलाई सदर गरे पनि उच्च अदालतले त्यसलाई उल्ट्याउँदै विद्यालयको पक्षमा फैसला सुनाएको हो । प्रधान न्यायाधीश ताकेसी ओकाडाको इजलासले उक्त दुर्व्यवहार एक कर्मचारीको व्यक्तिगत कार्य भएको र यसमा विद्यालय प्रशासनको सामूहिक संलग्नता पुष्टि नहुने ठहर गरेको छ ।

सन् २०२१ अक्टोबरमा विद्यालयका एक पूर्व कर्मचारीले ती विद्यार्थीलाई साङ्लो र ताल्चाले बाँधेर करिब दुई घण्टासम्म नियन्त्रणमा राखेका थिए । सोही घटनालाई आधार मानी मानव अधिकार उल्लंघनको आरोपमा सन् २०२२ मा अध्यागमन सेवा एजेन्सीले विद्यालयको इजाजत खोसेको थियो । अदालतको पछिल्लो फैसलासँगै विद्यालयको कानुनी मान्यता पुनर्बहाली भएको छ ।

 

तपाईको प्रतिक्रिया