Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – ललितपुरस्थित नख्खु कारागारका जेलर सत्यराम जोशीले गत भदौ २४ गतेको तनावग्रस्त स्थितिमा आफूलाई ज्यान मार्ने धम्की दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्ने पत्रमा जबर्जस्ती हस्ताक्षर गराइएको खुलासा गरेका छन् । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष दिएको बयानमा जोशीले सो दिनको भयावह अवस्थाबारे जानकारी गराएका हुन् ।

प्रतिवेदनअनुसार, प्रदर्शनकारीको उग्र भीड कारागारभित्रै प्रवेश गरेपछि जेलर जोशी र अन्य कर्मचारीहरू ज्यान जोगाउन मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल भवनमा लुकेका थिए । ‘म र प्रशासनिक कर्मचारीहरू ज्यान बचाउन अस्पताल भवनमा शरण लिन बाध्य थियौँ,’ जोशीले बयानमा भनेका छन्, ‘सोही क्रममा भीडले मलाई नियन्त्रणमा लिई अत्यधिक डरधम्की देखायो र जीवन-मरणको त्रासमा पारेर एक अज्ञात पत्रमा हस्ताक्षर गर्न लगायो ।’

जेलर जोशीले उक्त पत्रबारे आफूलाई पहिले कुनै जानकारी नभएको र आतंकको भरमा गराइएको हस्ताक्षरको कुनै कानुनी वैधानिकता नरहेको समेत आयोगलाई स्पष्ट पारेका छन् । उक्त आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नभए पनि यसका विषयवस्तुहरू सञ्चारमाध्यममार्फत बाहिर आएका हुन् ।

तपाईको प्रतिक्रिया