Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – भदौ २३ र २४ गते राजधानीमा घटेको हिंसात्मक घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरूलाई कारबाही गर्न सिफारिस गरेको छ । आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका कमान्डरहरूलाई जिम्मेवारी निर्वाहमा कमजोरी देखाएको भन्दै विभागीय र फौजदारी कारबाहीको सिफारिस गरेको हो ।

आयोगको प्रतिवेदन अनुसार, तत्कालीन राजनीतिक नेतृत्वसँगै सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कसुरमा कारबाही गर्न भनिएको छ । यसरी फौजदारी कारबाहीको सिफारिसमा पर्नेहरूमा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र तत्कालीन गुप्तचर प्रमुख हुतराज थापा रहेका छन् ।

आयोगले नेपाल प्रहरीका एआईजी सिद्धिविक्रम शाह, डीआईजी ओमबहादुर राना, काठमाडौंका तत्कालीन प्रहरी प्रमुख (हाल डीआईजी) विश्व अधिकारी, एसएसपी दिपशमशेर जबरा र एसपी ऋषिराम कँडेललाई विभागीय कारबाहीका लागि सिफारिस गरेको छ । त्यसैगरी, सशस्त्र प्रहरीतर्फ तत्कालीन अपरेशन कमाण्डर एआईजी नारायणदत्त पौडेल, उपत्यका बाहिनीपति डीआईजी सुरेशकुमार श्रेष्ठ र एसपी जीवन केसीलाई पनि दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरिएको छ ।

आयोगले संवेदनशील स्थानको सुरक्षामा खटिएका नेपाली सेनाका चार कमान्डरलाई समेत कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ । जसमा शीतलनिवास सुरक्षा टोलीका प्रमुख सहायक रथी मनोजकुमार वैदवार, बालुवाटार सुरक्षा प्रमुख सेनानी दिवाकर खड्का, सिंहदरबार सुरक्षा प्रमुख सेनानी गणेश खड्का र संसद् भवन परिसरका सुरक्षा कमान्डर प्रमुख सेनानी सन्तोष ढुंगेल रहेका छन् ।

राष्ट्रिय अनुसन्धान विभागका सहनिर्देशक कृष्णप्रसाद खनाल र काठमाडौं जिल्ला प्रमुख रिबेनकुमार गच्छदारलाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ । प्रतिवेदनले सम्बन्धित निकायका ऐन र नियमावली बमोजिम उनीहरूमाथि तत्काल कदम चाल्न सरकारलाई सुझाएको छ ।

जाँचबुझ आयोगको प्रतिवेदन :

तपाईको प्रतिक्रिया