Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – भदौ २३ र २४ गतेको घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले सामाजिक सञ्जालमार्फत भ्रामक र कपोलकल्पित सूचना फैलाउनेहरूको सूची तयार पारेको छ । सरकारलाई बुझाइए पनि सार्वजनिक नगरिएको उक्त प्रतिवेदनमा चर्चित कलाकार, सामाजिक सञ्जालका ‘इन्फ्लुन्सर’ र सञ्चारकर्मीहरूको नाम समेत उल्लेख गरिएको छ ।

आयोगको प्रतिवेदन अनुसार ‘जेनजी’ आन्दोलनका क्रममा जनमानसमा त्रास र भ्रम सिर्जना गर्ने कार्यमा टंक ढकाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपाने जस्ता व्यक्तिहरू संलग्न रहेको पाइएको छ । २३ गते चुच्चेपाटीस्थित भाटभटेनीमा ३५ जनाको कङ्काल भेटिएको र २४ गते संसद् भवनभित्र ३२ प्रदर्शनकारी मृत भेटिएको जस्ता गम्भीर प्रकृतिका अफवाह फैलाउन उनीहरूको भूमिका रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली विमानमार्फत दुबई भागेको भनी भ्रामक दाबी गर्ने विमान परिचारिकाको विषयलाई पनि आयोगले समेटेको छ । हिमालयन एयरलाइन्सले उक्त कुराको खण्डन नै गर्नुपरेको थियो । प्रतिवेदनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र उपप्रधानमन्त्री विष्णु पौडेलमाथि आक्रमण भएका गलत भिडियो र समाचार सम्प्रेषण गर्नेहरूलाई पनि दोषी देखाइएको छ । पूर्वराजाको पुनरागमनका लागि नारायणहिटी दरबार सफा गरिँदैछ भन्ने जस्ता तथ्यहीन प्रचारलाई पनि प्रतिवेदनले समेटेको छ ।

यसैगरी, पत्रकार दिलभूषण पाठकले हिल्टन होटलमा जयवीर सिंह देउवाको लगानी रहेको भनी सम्प्रेषण गरेको तथ्यहीन समाचारका कारण वैदेशिक लगानीको वातावरणमा ठूलो क्षति पुगेको प्रतिवेदनको निष्कर्ष छ । 

 

तपाईको प्रतिक्रिया