
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): नयाँ अनुभवले काममा सुधार ल्याउनेछ। वरिष्ठको सहयोग मिल्नेछ। मन खुसी रहनेछ। प्रेममा उपहार पाउने योग छ। सम्मान र प्रतिष्ठा बढ्नेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आराम आवश्यक हुन सक्छ। व्यवसायमा फाइदा देखिन्छ। काममा ध्यान नदिँदा दबाब बढ्न सक्छ। संयम राखे सफलता मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): नयाँ सम्बन्धतर्फ आकर्षण बढ्नेछ। साथीको साथले काम सफल हुनेछ। व्यस्त भए पनि सन्तुष्टि मिल्नेछ। प्रेममा रमाइलो समय बित्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): परिवारबाट राम्रो खबर आउनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। व्यापारमा लाभ छ। रिस नियन्त्रण गरे राम्रो हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बुद्धि र ज्ञान बढ्नेछ। पढाइमा राम्रो नतिजा आउनेछ। लेखन वा अध्ययनमा सफलता मिल्नेछ। नयाँ अवसर पाइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मन अलि अस्थिर रहन सक्छ। काममा ढिलाइ हुन सक्छ। खर्च बढ्ने संकेत छ। प्रेममा सामान्य समस्या आउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मेहनतबाट लाभ मिल्नेछ। बोलीले अरूलाई प्रभावित पार्न सक्नुहुन्छ। आफन्तबाट राम्रो खबर आउन सक्छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आम्दानी बढ्ने सम्भावना छ। नयाँ काम अघि बढाउन सकिन्छ। खर्च बढ्न सक्छ। बोलीमा संयम राख्नु राम्रो।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): घुमफिरको योजना बन्न सक्छ। जिद्दीपनले समस्या ल्याउन सक्छ। आम्दानी राम्रो हुनेछ। काममा सावधानी अपनाउनुहोस्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मन अलि अशान्त हुन सक्छ। काममा ध्यान केन्द्रित गर्न गाह्रो हुन सक्छ। आराम गरेर फेरि काममा लाग्नु राम्रो।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): काम सफल भए पनि मन सन्तुष्ट नहुन सक्छ। लक्ष्यप्रति मेहनत आवश्यक छ। मित्रता र सहकार्यका लागि राम्रो समय।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): परिस्थिति केही जटिल हुन सक्छ। काम भने ठीक चल्नेछ। नयाँ सोच र योजना बन्नेछ। आत्मविश्वास बढ्नेछ।








