Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ-  पूर्वमन्त्री जनार्दन शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान, नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरेका छन्। उनले यो अभियानमार्फत ‘तेस्रो र नयाँ बाटो’ निर्माण गर्ने लक्ष्य राखेका छन्।

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै शर्माले विगत आठ दशकका जनआन्दोलन, जनयुद्ध र हालको जेनजी विद्रोहका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजवादी एकता र श्रमजीवी जनताको पक्षमा नयाँ आन्दोलनको खाका प्रस्तुत गरे। उनले भने, “विद्रोह जायज छ, विद्रोह अधिकार हो। अहिलेको आवश्यकता समाजवादी ऐक्यबद्धता हो।” शर्माका अनुसार यो अभियान नयाँ पार्टी होइन, तर विभाजित वाम र प्रगतिशील शक्तिलाई एकीकृत समाजवादी आन्दोलनतर्फ अघि बढाउने राजनीतिक प्रयास हो।

अभियानले जारी गरेको विज्ञप्तिमा माओवादी आन्दोलनपछि कम्युनिस्ट आन्दोलन दिशाहीन बनेको र नेताहरू स्वार्थमा अल्झिँदा क्रान्तिकारी आदर्श कमजोर भएको उल्लेख छ। शर्माले माओवादीको शान्ति प्रक्रियामा प्रवेश ऐतिहासिक भए पनि त्यसपछि आन्दोलन दलाल पुँजीवादमा फसेको बताए।

उनले मजदुर, किसान, उत्पीडित वर्ग, लिङ्ग र क्षेत्रका जनताको पक्षमा बोल्ने नयाँ राजनीतिक शक्ति निर्माणको आवश्यकता औँल्याउँदै नेपाललाई स्वाधीन, सम्पन्न र समानतामूलक समाजवादी राज्य बनाउने लक्ष्य अघि सारे। शर्माले सबै वाम, लोकतान्त्रिक र प्रगतिशील शक्तिलाई एकजुट हुन आह्वान गरे।

तपाईको प्रतिक्रिया