समाचार सुन्नुहोस :
काठमाडौँ – मंगलबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुन प्रतितोला दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने यो मूल्य दुई लाख ३९ हजार सात सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला तीन हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ४५ रुपैयाँले घटेर तीन हजार १५ रुपैयाँमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारमा भने अहिले सुन प्रतिऔंस तीन हजार ९ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।








