Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ- अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि कोरियाली राजदूत पार्क ते यङले आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।

भेटका क्रममा अर्थमन्त्री खनालले नेपाल र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै, कोरिया सरकारले नेपाललाई दिँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे। उनले कोरियाको सहयोगमा सञ्चालन भएका विभिन्न आयोजना र कार्यक्रमहरू सन्तोषजनक रूपमा अघि बढिरहेको बताए र दुवै देशबीचको आर्थिक साझेदारीलाई अझै बलियो बनाउने प्रतिबद्धता जनाए।

त्यस अवसरमा राजदूत पार्कले नेपाल र कोरिया सरकारबीचको द्विपक्षीय सम्बन्ध स्थापनाको ३० वर्ष पुगेको स्मरण गर्दै, आगामी दिनमा अझ राम्रो समन्वय र सहकार्यको आशा व्यक्त गरे। उनले कोरियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गरिने र नेपाली उत्पादनहरूको प्रवर्द्धनका लागि सहयोग गर्ने बताए। साथै, कोरिया सरकारले नेपाली कामदारका लागि छुट्टै भिसा सेन्टर स्थापना गर्न लागेको जानकारी समेत दिए।

त्यसैगरी, इपिएस प्रणालीमार्फत कोरिया गई फर्किएका नेपाली नागरिकहरूलाई उद्यमशीलता बढाउन सहयोग पुर्‍याउन कोइकाको सहयोगमा कृषि विकास बैंकमार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी भइरहेको समेत अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया