समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीचको बैठक आइतबार अपराह्न बालुवाटारमा सुरु भएको छ। सबै मुख्यमन्त्री प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेपछि छलफल सुरु गरिएको हो। बैठक अपराह्न ४ बजे सुरु हुने भनिए पनि केही ढिलो गरी प्रारम्भ भएको हो।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, हालको राजनीतिक परिवर्तनपछि संघीय र प्रदेश सरकारबीच संवाद र सहकार्यलाई अझ मजबुत बनाउन बैठक बोलाइएको हो।








