Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चार दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन आइतबारदेखि पुनः सुरु भएको छ। सहरी विकास मन्त्री कुलमान घिसिङको टोलीले स्थानीय बासिन्दासँग छलफल गरी १५ दिनभित्र माग सम्बोधन गर्ने आश्वासन दिएपछि बञ्चरेडाँडा ल्याण्डफिल साइट खोलिएको हो।

ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईँका अनुसार, मन्त्री घिसिङले ‘१५ दिनभित्र माग पूरा नगरे फोहोर फाल्न रोक्नुस्, तर अहिले नरोक्नुस्’ भनेर अनुरोध गरेपछि फोहोर फाल्न अनुमति दिइएको हो। उनका अनुसार, अहिले रोकिएका फोहोर बोक्ने गाडीहरू बञ्चरेडाँडातर्फ गइसकेका छन्।

मन्त्री घिसिङसँगै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र वातावरण विभाग प्रमुख सरिता राई पनि टोलीमा सहभागी थिए।

२०७९ जेठ २६ गते संघीय सरकार र काठमाडौँ महानगरपालिकासँग भएको १८ बुँदे सम्झौता कार्यान्वयनमा ढिलाइ भएको भन्दै स्थानीयले केही दिनअघि फोहोर फाल्न रोक लगाएका थिए। शुक्रबार सहरी विकास मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएपछि अवरोध जारी थियो।

हाल काठमाडौँ उपत्यकाबाट दैनिक करिब १५० गाडी फोहोर बञ्चरेडाँडामा लैजाने गरिन्छ। ल्याण्डफिल साइटका कारण नुवाकोटको ककनी र बेलकोटगढी नगरपालिका, तथा धादिङको धुनवेशी नगरपालिकाका स्थानीयहरू बढी प्रभावित भएका छन्।

तपाईको प्रतिक्रिया