समाचार सुन्नुहोस :
काठमाडौँ – आइतबार सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला ७ सय रुपैयाँले सुन महँगो भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकिएको छ। शुक्रबार यो मूल्य २ लाख ३९ हजार रुपैयाँ थियो।
यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च स्तर २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ। चाँदीको मूल्य भने आज घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै चाँदीको मूल्य ३ हजार ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रकाशित मिति: आइतवार कार्तिक १६, २०८२
प्रकाशित समय: १४:५५:३८








