समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पुनः विवादमा तानिएका छन्। शनिबार मध्यराति उनले सामाजिक सञ्जालमा लेखेको स्टाटसका शब्दहरूले नयाँ राजनीतिक र कूटनीतिक तरंग सिर्जना गरेका छन्। उक्त स्टाटसमा बालेनले दुई छिमेकी मुलुक चीन र भारतसँगै अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उल्लेख गर्दै आलोचनात्मक अभिव्यक्ति दिएका थिए।
पोस्ट सार्वजनिक भएको केही मिनेटमै त्यसले सामाजिक सञ्जालमा ठूलो प्रतिक्रिया र आलोचना निम्त्यायो। करिब आधा घण्टापछि उनले स्टाटस हटाए पनि त्यसअघि नै त्यसको स्क्रिनसट भाइरल भइसकेको थियो।
हाल सामाजिक सञ्जालमा बालेनको अभिव्यक्तिबारे व्यापक बहस भइरहेको छ। धेरैले उनको वक्तव्यलाई असंवेदनशील र कूटनीतिक मर्यादाविपरीत भनेका छन्, भने केहीले त्यसलाई हास्यात्मक वा प्रतीकात्मक रुपमा लिएका छन्। विज्ञहरूले छिमेकी मुलुकहरूमाथि यसरी सार्वजनिक रूपमा टिप्पणी गर्नु मुलुकको हितमा नहुने चेतावनी दिएका छन्।









