Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – दुर्गम बाजुराको बूढीगंगा नगरपालिका-७ सिमलकोटमा बिहीबार दिउँसो एउटी महिलाले सडकमै बच्चा जन्माउनुपरेको कारुणिक घटनाले यस क्षेत्रको स्वास्थ्य सेवाको दयनीय अवस्थालाई पुनः उजागर गरेको छ ।

तर, यस दुखद परिस्थितिका बीचमा एकजना स्वास्थ्यकर्मीको मानवीयताले आमा र नवजात शिशु दुवैको जीवन जोगिएको छ । स्थानीय सिर्जना केसीलाई सुत्केरी व्यथा लागेपछि परिवारले उनलाई सिमलकोट आधारभूत स्वास्थ्य केन्द्रतर्फ लैजाँदै गर्दा बाटोमै असह्य पीडा हुन थाल्यो ।  `

स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै बच्चा जन्माउने अवस्था आएपछि स्थानीय सिमलकोट आधारभूत स्वास्थ्य केन्द्रकी अनमी विनिता विष्टलाई खबर गरियो। खबर पाउनेबित्तिकै विष्ट तत्काल घटनास्थल पुगिन् र विषम परिस्थितिमा सडकमै सिर्जनाको सुरक्षित प्रसूति गराइन् । अनमी विष्टका अनुसार, आमा र नवजात शिशु दुवैको अवस्था सामान्य छ र उनीहरू खतरामुक्त छन् । यद्यपि, यस्तो जोखिमपूर्ण प्रसूतिले बाजुराका गर्भवती महिलाहरूले भोग्नुपरेको असहजतालाई छर्लङ्ग पारेको छ ।

‘बाटो तथा घरमा गएर सुत्केरी गराउनु पर्ने त होइन, तर मानवीय नाताले आफू गएर बाटोमै सेवा दिएको हुँ,’ अनमी विष्टले भनिन् । सिमलकोट आधारभूत स्वास्थ्य केन्द्रमा एक्लै कार्यरत विष्टले कार्यालय सहयोगी समेत नहुँदा सेवा प्रवाहमा समस्या भोग्नुपरेको गुनासो पोखिन् ।

सिर्जना केसीको यो घटना बाजुरामा नौलो होइ न। यहाँका धेरै आमाहरूले बाटो, मेलापात र घरमै बच्चा जन्माउनुपर्ने बाध्यता अझै पनि छ ।

 

तपाईको प्रतिक्रिया