Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – थारु नेता रेशम चौधरीले आफूले बोल्ने बित्तिकै मुद्दा लगाइने गरेको गुनासो गरेका छन्। शुक्रबार बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको बृहत् राजनीतिक संवाद कार्यक्रममा उनले राज्यले पटक–पटक आफूलाई अन्याय गरेको बताएका हुन्।

चौधरीले अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भने, “आकाशमा कालो बादल मडारिएको छ, तपाईंहरूले सोचेर हिँड्नुपर्छ। मैले थारु अल्पसंख्यक समुदायको आवाज उठाउँदा फसाइएको हो।” उनले देश बनाउने “डीपीआर” आफ्नो पार्टीबाहेक अरू कसैसँग नभएको दाबी पनि गरे। साथै उनले आफूलाई चुनावमा सामेल हुन नदिने षड्यन्त्र भइरहेको आरोप लगाए।

चौधरीले थपे, “यदि म, लक्ष्मण थारु र धनिराम थारुले यो चुनावमा भाग लिन नपायौं भने यो देशमा फेरि चुनाव हुन दिइने छैन।” उनले कुनै समुदायलाई पन्छाएर निर्वाचन गराउने प्रयासमा आपत्ति जनाउँदै सबै समुदायको सहभागितामार्फत मात्र लोकतन्त्र सुदृढ हुनसक्ने बताए।

 

 

तपाईको प्रतिक्रिया