Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिंहदरबारमा सार्ने तयारी गरिएको छ। मन्त्रालय सिंहदरबारको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा अस्थायी रूपमा स्थानान्तरण गर्न लागिएको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार त्यहाँ छ वटा ‘प्रिफ्याब’ भवन निर्माण भइरहेको छ। उनले भने, “नेपाली सेनाको गण उत्तरतर्फ सरेपछि खाली भएको ठाउँमा अस्थायी संरचना बनाइँदै छ। बाँकी भवन रङ र कार्पेटिङ गरेर प्रयोग गर्ने तयारी भइरहेको छ।”

बुढाथोकीले दुई हप्ताभित्र संरचना तयार हुने र मंसिर १ गतेदेखि मन्त्रालय सिंहदरबारभित्र सार्ने लक्ष्य रहेको बताए। उनका अनुसार, भविष्यमा नयाँ संसद् भवन बनेपछि अहिलेको संसद् सचिवालयको भवन स्वास्थ्य मन्त्रालयको स्थायी भवनका रूपमा प्रयोग गर्ने सम्भावना पनि छलफलमा छ।

गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवन जलेर ध्वस्त भएपछि मन्त्रालयले अहिले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम गरिरहेको छ।

तपाईको प्रतिक्रिया