समाचार सुन्नुहोस :
काठमाडौँ – क्यानाडाको ब्रिटिश कोलम्बियामा भारतीय मूलका उद्योगपति दर्शन सिंह साहसीको हत्या भएको छ। उक्त घटनाको जिम्मेवारी लरेन्स बिश्नोई गिरोहले लिएको छ।
गिरोहका सदस्य गोल्डी ढिल्लोनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै साहसीको हत्या उनी लागुऔषध कारोबारमा संलग्न भएको र गिरोहलाई पैसा नदिएको कारणले गरिएको दाबी गरेका छन्।
पञ्जाबी–क्यानेडियन व्यवसायी साहसीको अक्टोबर २७ को बिहान एबट्सफोर्डस्थित उनको घरबाहिर गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ।








