Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूलाई निर्वाचन आयोगले आवेदनका लागि आह्वान गरेको छ । आयोगले एक सूचना जारी गर्दै आवश्यक कागजातसहित १५ दिनभित्र निवेदन पेस गर्न आग्रह गरेको हो ।

कसरी र कहाँ दिने आवेदन?

  • काठमाडौं उपत्यका: निर्वाचन आयोगको केन्द्रीय कार्यालय ।

  • अन्य जिल्ला: सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालय ।

निवेदनसँगै पेस गर्नुपर्ने कागजातहरू:

  • संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि ।
  • संस्थाको विधानको प्रतिलिपि ।
  • संस्था नवीकरण भएको प्रमाण ।
  • संस्थाको कार्यसमितिका पदाधिकारीहरूको नामावली ।
  • राष्ट्रिय/अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भए सोको प्रमाण ।
  • पर्यवेक्षण सम्बन्धमा संस्थाले तयार पारेका ब्रोसर, पुस्तिका, निर्देशिका वा अन्य प्रकाशनहरू (यदि भए) ।
  • यसअघि निर्वाचन पर्यवेक्षण गरेको भए आयोगमा प्रतिवेदन बुझाएको प्रमाण ।

अनुमति नपाउने अवस्थाहरू:

  • निर्वाचन कसूर वा आचारसंहिता उल्लंघन गरी सजाय पाएका संस्थाहरू ।

  • यसअघि अनुमति पाई पर्यवेक्षण प्रतिवेदन नबुझाएका संस्थाहरू ।

  • पर्यवेक्षकले आफ्नो स्थायी बसोबास भएको वा मतदाता नामावलीमा नाम भएको क्षेत्रमा पर्यवेक्षण गर्न पाउने छैनन् ।

आयोगले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न पर्यवेक्षकहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै योग्य संस्थाहरूलाई समयमै आवेदन दिन अनुरोध गरेको छ ।

 

तपाईको प्रतिक्रिया