Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले भोली सरकार, राजनीतिक दल र जेनजी आन्दोलनका अगुवाबीच त्रिपक्षीय बैठक बोलाएकी छन्। यो पहिलोपटक प्रधानमन्त्रीले जेनजीका प्रतिनिधि र मान्यता प्राप्त दलका नेताहरूलाई एउटै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन्।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार बैठक बुधबार साँझ ४ बजे बालुवाटारमा हुने तय भएको छ। बैठकमा आगामी निर्वाचनलाई सफल बनाउने र राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने विषयमा छलफल हुने बताइएको छ।

जेनजी आन्दोलनका तर्फबाट करिब ८ देखि ९ समूहका अगुवाहरूलाई बैठकमा निमन्त्रणा गरिएको छ। त्यस्तै, राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरू सहभागी हुने व्यवस्था गरिएको बुझिएको छ।

तपाईको प्रतिक्रिया