Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – गत भदौ २४ गते काठमाडौँमा भएको जेन-जी प्रदर्शनका क्रममा भएको आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा एक जना पूर्वसैनिक पक्राउ परेका छन् । प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर-१ स्थायी घर भई धापासी बस्दै आएका २७ वर्षीय भुवन शाहीलाई नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, शाहीलाई बानेश्वरस्थित ग्लोबल कलेज र प्रहरी वृत्त गौशालामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानबाट शाहीले प्रहरी वृत्त गौशालामा तोडफोड गरी आगजनी गरेको र लुटपाटमा समेत संलग्न रहेको खुलेको छ । त्यस्तै, काठमाडौँ महानगरपालिका-३१ स्थित ग्लोबल कलेजमा पनि उनले तोडफोड र लुटपाट गरेको अनुसन्धानमा संलग्न अधिकृतहरूले जानकारी दिएका छन् ।

भुवन शाहीको आपराधिक गतिविधिमा संलग्नताको फेहरिस्त यसअघि पनि लामो देखिन्छ । उनी २०७४ सालमा नेपाली सेनामा भर्ना भएका थिए । तर, नक्कली चालक अनुमति पत्र पेस गरी सेवा प्रवेश गरेको भेटिएपछि जङ्गी अड्डाले उनलाई २०७५ सालमै बर्खास्त गरेको थियो । सेनाबाट बर्खास्तीमा परेका शाहीले जेन-जी प्रदर्शनलाई आफ्नो आपराधिक नियत पूरा गर्ने माध्यम बनाएको प्रहरीको भनाइ छ ।

प्रहरीले शाहीको साथबाट आन्दोलनका क्रममा लुटिएको प्रहरीको राइट कन्ट्रोल गियरको हातमा लगाउने भाग र ग्लोबल कलेजबाट लुटिएका २ थान ट्रफी बरामद गरेको छ । यी सामग्रीले शाहीको संलग्नतालाई थप पुष्टि गरेको प्रहरीको दाबी छ ।

तपाईको प्रतिक्रिया