समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वको अवसरमा छठीमाईको पूजाअर्चना गरेकी छन्। उनले सोमबार (कात्तिक १०) अपराह्न काठमाडौंको कमलपोखरीमा पुगेर विधिपूर्वक पूजा गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेकी हुन्।
कमलपोखरी पुगेकी प्रधानमन्त्री कार्कीलाई छठ व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए। छठ पर्वको मुख्य दिन सोमबार साँझ देशभर श्रद्धा र भक्तिपूर्वक अस्ताउँदो सूर्यको पूजा र अर्घ्य अर्पण गरिएको छ।








