Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य रूपमा बढेको छ। नेप्से परिसूचक ५.१९ अंकले वृद्धि भएर २,५०९.०४ अंकमा पुगेको छ।

आज विभिन्न ३१३ कम्पनीका ५५ लाख ९६ हजार ७७ कित्ता शेयर २७ हजार ८९९ पटक किनबेच हुँदा कुल कारोबार रकम दुई अर्ब ६६ करोड १३ लाख रुपैयाँभन्दा बढी पुगेको नेप्सेले जनाएको छ।

आजको कारोबारमा जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, व्यापार र अन्य समूहका उपसूचक बढेका छन्। बाँकी समूहका उपसूचक भने घटेका छन्।

आज एसबिएल डिबेन्चर २०८९ को शेयरमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी घाटा बेहोर्ने कम्पनीमा तारागाउँ रिजेन्सी होटल लिमिटेड पर्‍यो, जसको शेयर मूल्य ७.१६ प्रतिशतले घटेको छ।

 

 

तपाईको प्रतिक्रिया