Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नवनियुक्त दुई मन्त्रीले आज शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाए। शपथ लिने मन्त्रीहरूमा स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता रहेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले यसअघि गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारलाई पनि मन्त्रीमा सिफारिस गरेकी थिइन्। तर खगेन्द्र सुनारमाथि अदालतमा मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि उनको नाम प्रधानमन्त्रीले फिर्ता लिएकी थिइन्। उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका लागि सिफारिस भएका थिए।

त्यस्तै, भूमि व्यवस्था तथा सहकारीमन्त्रीका लागि सिफारिस गरिएका गणपतिलाल श्रेष्ठको नाम पनि अन्तिम समयमा फिर्ता लिइएको थियो। प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार श्रेष्ठले पर्यटन मन्त्रालय चाहेका थिए, तर प्रधानमन्त्री कार्कीले उनलाई भूमिमन्त्रीमा सिफारिस गरेकी थिइन्।

 

 

तपाईको प्रतिक्रिया