Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोड र अराजक घटनापछि हायात रिजेन्सी होटलले आफ्नो सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ। होटलका मानव संसाधन निर्देशक मोहम्मद यूसुफ चौधरीले शुक्रबार जारी गरेको सूचनामा आन्दोलनका कारण भएको क्षति र सुरक्षासम्बन्धी जोखिमका कारण होटल तत्काल सञ्चालन गर्न नसकिने उल्लेख गरिएको छ।

यसअघि सोही आन्दोलनकै क्रममा नक्सालस्थित पाँचतारे होटल हिल्टनमा आगजनी भएपछि त्यसले पनि सेवा बन्द गरेको थियो। हायात रिजेन्सीले सेवा बन्द गरी कर्मचारी प्रवेशमा रोक लगाएको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री सुशीला कार्कीले त्यसप्रति चासो देखाएकी छन्। प्रधानमन्त्रीको निर्देशनपछि अर्थमन्त्री रामेश्वर खनालले शनिबार बिहान होटल व्यवस्थापनसँग कुराकानी गरी स्थिति बुझेका छन्।

अर्थमन्त्री खनालले सरकार सुरक्षाको पूर्ण प्रत्याभूति दिन तयार रहेको भन्दै होटललाई सेवा पुनः सुचारु गर्न आग्रह गरेका छन्। उनले भने, “आत्तिनु पर्दैन, उच्च मनोबलका साथ सेवा निरन्तर गर्नुहोस्, सरकार तपाईंहरूको साथमा छ।” सरकारले आइतबार होटल व्यवस्थापनसँग थप छलफल गरी आवश्यक कदम चाल्ने जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया