Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मिथिलाञ्चलको सबैभन्दा ठूलो पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। जनकपुरधामका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतका घाटहरूमा सरसफाइ र सजावटको काम भइरहेको छ। गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले यस वर्ष विगतभन्दा अझै राम्रो व्यवस्था गरिएको बताए।

उनका अनुसार घाटमा अघ्र्य राख्नेहरूले सहयोगस्वरूप प्रतिअघ्र्य ६०० रुपैयाँ दिने व्यवस्था गरिएको छ। उनले श्रद्धालु भक्तजनहरूबाट आएको रुपैयाँबाट व्यवस्थापन खर्च पूरा हुने बताएका छन्। अरगजा सरमा पनि समितिले सफाइ, सजावट र सुरक्षा तयारी पूरा गरेको छ। त्यहाँ हिन्दूसँगै मुस्लिम समुदायका व्यक्तिहरू पनि सहभागी हुने गर्छन्। छठमा प्रयोग हुने बाँस र माटोका वस्तुहरूको माग बढेकाले जनकपुरधामका बजारहरूमा घैँटो, सूप, टोकरी, नाङ्लो, कनसुपतीजस्ता सामान किन्न भीड देखिएको छ। मिथिलानीहरूले आफ्नै खेतबारीका अन्नबाट पिठो तयार गरी पकवान बनाउने परम्परा छन्।

चारदिन चल्ने यस पर्वको पहिलो दिन आज ‘नहाय–खाय’, भोलि ‘खरना’, सोमबार अस्ताउँदो सूर्यलाई र मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्व सम्पन्न गरिन्छ। श्रद्धालुहरूले यस क्रममा दुई दिन निराहार बस्ने गर्छन्।

 

 

तपाईको प्रतिक्रिया