Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – गायिका नितु पौडेलको मृत्यु भएको छ। कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा उनको शुक्रबार बिहान साढे ८ बजे निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

गत शनिबार नितुले अनामनगरस्थित एक स्टुडियोमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी थिइन्। गम्भीर घाइते भएपछि उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो।

यो घटनामा गायक बाबुल गिरीलाई प्रहरीले सोधपुछ गरेको छ। हाल पनि उनी प्रहरी सम्पर्कमै छन्। तर, गिरीविरुद्ध अहिलेसम्म कुनै उजुरी परेको छैन भन्ने प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया