Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँको स्वयम्भूबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद र सुनसहित दुई जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान ६९ लाख ८५ हजार रुपैयाँ नगदसहित एक जना चिनियाँ र एक जना नेपाली नागरिक पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ र धादिङको नीलकण्ठ नगरपालिका निवासी २२ वर्षीया रोजिना सुनार रहेका छन्। उनीहरू स्वयम्भू सानोभर्‍याङस्थित सरिता महर्जनको घरमा भाडामा बस्दै आएका थिए। प्रहरीको टोलीले उनीहरूको कोठाबाट विभिन्न सुनका गहनासमेत फेला पारेको छ।

बरामद गरिएका गहनामा दुई वटा नेकलेस, दुई जोडी झुम्का, चार वटा बाला, तीन वटा औंठी र एक थान शिरबन्दी रहेका छन्। साथै, प्रहरीले डेराबाट एउटा आईफोन र म्याकबुक कम्प्युटर पनि जफत गरेको छ। उनीहरूलाई पक्राउ गरी हाल प्रहरी वृत्त स्वयम्भूमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया